Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ


  • बिहिबार, पुष १६ २०७७

  • लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

    काठमाडौं– लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

    बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो। किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
    उक्त चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो। यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो।

    उखु किसानलाई उक्त चिनी मिलले १६– १७ करोड तिर्न बाँकी छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij