काठमाडौँ – आज साँझ बसेको मन्त्रीपरिषद बैठकमा सम्वैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा कुनै प्रस्ताव आएन । नेकपा स्थायी समितिको निर्णय र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल संगको सहमति अनुसार अध्यादेश फिर्ता हुने आकलन गरिएको थियो । मन्त्रीपरिषद मा अध्यादेश फिर्ताको प्रस्ताव नआए पछि प्रधानमन्त्री ओली अध्यादेशको निर्णयमा कायम रहेको संकेत देखिएको छ ।
आजै मन्त्रीपरिषद बैठक बस्नु अघि पनि ओलीले सम्बैधानिक परिषद्को बैठक बोलाएका थिए । अध्यक्ष दाहालको आपत्ति पछि बैठक स्थगित गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
