Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरको कुखुरा फर्ममा आगलागी हुँदा करिब १५ लाखको क्षति


  • बुधबार, पुष १ २०७७

  • भक्तपुरको कुखुरा फर्ममा आगलागी हुँदा करिब १५ लाखको क्षति

    काठमाडौं – भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

    गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति भएको छ ।

    महानगरीय प्रहरी प्रभाग सुडालको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij