काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शानाङ्क कोइरालाले सम्बैधानिक परिषद सम्बन्धी अध्यादेश ले ओली सरकारको सर्वसत्तावादी चरित्र नाङ्गिएको बताएका छन । कोइरालाले भनेका छन -‘संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउनका लागि राष्ट्रपतिलाई समेत राजनीतिक रुपमा प्रभावित पारेर यसरी हतारमा अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको छ।’
कोइरालाले सिंगो संसद्को अपमान मात्रै भएको छैन, लोकतन्त्रका लागि यो खतरनाक संकेत भएको बताएका छन । उनलेअध्यादेश फिर्ता लिएर तत्काल संसद बोलाउन समेत माग गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
