काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन्।
सम्वैधानिक परिषदको बैठकमा गणपुरक संख्या नपुगेर स्थगित भए पछि सरकारले अध्यादेश जारी गरेको हो । अध्यादेशमा भएको विवरण खुलाइएको छैन । आजै पाँच बजे परिषदको बैठक बोलाइएको छ । हिजोको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थीत भएनन भने आज सभामुख अग्नी सापकोटा उपस्थीत नभएर गणपुरक संख्या पुग्न सकेन । सम्बैधानिक परिषद सम्बन्धी अध्यादेश जारी , साँझ पाँच बजे परिषद बैठक

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
