Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १०१४ जनामा कोरोना संक्रमण


  • सोमबार, मंसिर २२ २०७७

  • थप १०१४ जनामा कोरोना संक्रमण

    काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएका छन् ।
    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij