Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जिल्ला अदालतबाट सिद्धबाबाले बलात्कार मुद्दामा पाए सफाइ


  • सोमबार, मंसिर २२ २०७७

  • जिल्ला अदालतबाट सिद्धबाबाले बलात्कार मुद्दामा  पाए सफाइ

    विराटनगर – बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।
    सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

    सरकारी वकिल कार्यालयले भने महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो ।
    एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij