Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


  • सोमबार, मंसिर २२ २०७७

  • दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

    दार्चुला – दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका १ भर्तोलामा ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको ट्रक दुर्घटना हुँदा बैतडीका २४ वर्षीय शेरबहादुर कार्की र बैतडीको दोगडाकेदार–६ का २४ धनसिङ भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

    ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij