काठमाडौं– नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले चयन भएकी छन्।
मंगलबारको दलको बैठकले उनलाई सचेतकको जिम्मेवारी दिएको हो।
तीन सदस्यीय नेकपा (एस) को संसदीय दलका नेता चन्द्रबहादुर शाही छन्। उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि हुन्।
एकीकृत समाजवादी कर्णाली प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद पदमबहादुर रोकाया छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
