Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि


  • बुधबार, मंसिर १० २०७७

  • थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् ।

    देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij