चितवन – चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका अनुसार भरतपुर महानगरपालिका(२१ बस्ने ७३ वर्षीय महिला मंगलवार दिउँसोको मृत्यु भएको हो ।
कात्तिक २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलामा कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदैं गएपछि सोही दिन उनलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।
चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
