Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२४ घण्टामा थपिए १९ सय ४५ कोरोना संक्रमित


  • शुक्रबार, मंसिर ५ २०७७

  • २४ घण्टामा थपिए १९ सय ४५ कोरोना संक्रमित

    काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५३ सय ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij