हुन्डी कारोबार जोडिएको आंशका
पछिल्ला दिनमा अस्ट्रेलियासँंग जोडिएको एउटा उठौती र फीरौतीको समाचारले आइरहदा यससम्वन्धी विषयमा एउटा समाचारको खोजी हामीले गरेका छौ । माइग्रेशन तथा एजुकेशन अनि पैसाको लेनदेन र शेयरको चक्करमा आफ्नै नजिकका ब्यक्तीबिचको आपसी कलहले अपहरण र फीरौती अनि एक अर्कोबिच आरोप प्रत्यारोप र अपहरण अनि फीरौतीका समाचार बनेको देखिएको छ ।
अस्ट्रेलियाको सीड्नी बस्ने टपेन्द्र थापा र उनका छोरो सचिन्द्र थापा अनि काठमाडौमा रहेर उनका कारोबार हेर्ने र पछी बिजनेश पार्टनर सन्तोष अधिकारीबिच आपसी लेनदेन र शेयरको बिवाद बढेपछि यसले उग्ररुप लिदैं रचित अपहरण काण्डसम्म पुगेको देखिन्छ ।
तर अपहरण र फीरौतीको धम्की दिने चार ब्यक्ती प्रक्राउ परिसकेपछि भने प्रहरीले यसलाई छानबिनको दायरा अगाडि बढाएको छ । प्रहरीले भने नेकपा माओबादी बिप्लबको नाममा डरत्रास देखाइ धम्की दिइ फीरौती माग्ने एउटा समुह पक्राउ परेको प्रेश बिज्ञप्ती मार्फत जनाएको छ । अपराध अनुसन्धान महाशाखाका प्रहरी बरिष्ट उपरिक्षक दिपक थापाले हाल म्याद थपगरी अनुसन्धान प्रकृया अगाडि बढिरहेको बताए । उनले फोनवाट धम्काउने चार जनाको समुह प्रक्राउ परेको र उनिहरुसँंग सोधपुछ भैरहेको समेत बताए ।
प्रहरीद्धारा जारी बिज्ञप्ती
फोनबाट धम्क्याई आपराधिक लाभ (Extortion) लिन खोज्ने समूहका व्यक्तिहरु पक्राउ”(2077-07-25)
घटना विवरण:-
काठमाण्डौं उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी ने.क.पा. माओवादी, बिप्लव समुहको पुर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौ भनि रु.३ करोड चन्दा माग गर्ने, माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिई व्यवसायीहरुको कार्यरत कार्यालय र बसोबास गर्ने स्थानको निगरानी गरी जबरजस्ती रकम माग गरेको भन्ने यस महाशाखामा सूचना प्राप्त भए अनुसार अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलिले उक्त कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा मिति २०७७।०७।२४ गते काठमाण्डौं जिल्लाका बिभिन्न स्थानहरुबाट निम्न व्यक्तिहरुलाई पक्राउ गरि प्रारम्भिक अनुसन्धान पश्चात, आपराधिक लाभ लिन नहुने कसुर (Extortion) मा मुद्धा दर्ता गरी सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट ३ दिनको म्याद समेत प्राप्त भई महानगरीय प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान कार्य भैरहेको ।
पक्राउ परेका व्यक्तिहरु:-
१.नामथर :- बिन्तोष सिलवाल (सुनार)
उमेर:- ३३ बर्ष
ठेगाना :- जि.नुवाकोट, ककनी गा.पा.वडा नं.०२
२.नामथर :- रामदल श्रेष्ठ (अटल)
उमेर :- ३१ बर्ष
ठेगाना :- जि.रामेछाप, सुनापती गा.पा.०३
३.नामथर :- तिर्थमान तामाङ
उमेर :- ५२ बर्ष
ठेगाना :- जि.काभ्रे, तिमाल गा.पा.वडा नं.०५
४.नामथर :- नन्दुराज आचार्य
उमेर :- ४२ बर्ष
ठेगाना :- जि.चितवन, भरतपुर म.न.पा.वडा नं.१३
कुरोको चुरो सन २०००देखिनै टपेन्द्र थापाको बिश्वासपात्र मानिएको सुर्य र सन्तोष अधिकारीले काठमाडौको ब्यवहार हेर्ने गर्थे । पछि सुर्यले कारोबार छाडेपछि टपेन्द्रको पैसाको कारोबार नाताले परको भान्जि ज्वाइ पर्ने सन्तोष अधिकारी र उनको सालाले हेर्ने गर्थे । कालान्तरमा व्यबशायलाई बिस्तारगर्दै जाँंदा टपेन्द्र र सचिन्द्रले केहि अन्य पार्टनरसहित एबीसी एजुकेशन एन्ड माइग्रेशन खोलेर शैक्षिक परामर्शको ब्यापार सुरु गरे ।
सोही क्रममा टपेन्द्रले आफना बिश्वासपात्र सन्तोषको नाममा नेपालमा कम्पनी दर्ता गराई ब्यवशाय थाले ।
यस झगडा र आरोप प्रत्यारोपको काहानी यहीवाट प्रारम्भ हुन्छ । सन २०१६ वाट सुरु गरेको यो व्यबशायमा सीड्नी मुख्यालयमा तिन जना निर्देशक र एक पार्टनर तथा काठमाडौमा भने सन्तोषले हेर्ने गरेको देखिन्छ । काठमाडौको अफीस सेटअप र स्थापनामा टपेन्द्रले खर्च यतैवाट पठाए र सन्तोषलाई २५ प्रतिशत अनि छोरा सचिन्द्रलाई २५ प्रतिशत अनि सीड्नी मुख्यालयलाई ५० प्रतिशत हुने गरी संझौता गरेर काम अगाडि बढाए । ब्यापार राम्रो हुदै गर्दा आफ्नो कमिशन ढिलाभएप्छि सन्तोषले बिध्यार्थीको बिमावापतको ५२ हजार डलर नेपालमै राखेर आफ्नो कमिशन दाबी गरे । सन्तोषले पाउनु पर्ने रकम बराबरको पैसा उतै रोकपछि यतावाट पनि टपेन्द्र र सचिनले बिमाको पैसा चलाएको भन्दै आक्रोस पोखे । त्यसपछि दुइ पार्टी बिच हानाथाप प्रारम्भ भएको देखिन्छ । नेपालमा हुन्डी व्यबशायमा समेत नाम कमाएको सन्तोष र सीड्नीका थापा बाबुछोरा बिच आपसी टकराब बढ्दै जादाँं सचिन्द्रले नेपालको २५ पतीशत शेयर माग्न थाले । त्यसपछि सन्तोषले आफुले कुनै पनि शेयर दिन नसक्ने भनेपछि झगडाले यी हिजो सगै खानपीन गरेका टोली बिच तिक्तता बढ्न पुगेको थियो ।
सचिन्द्रले हिजो अफीस स्थापना गर्दा मौखिक रुपमा संझौता गर्दा भनिएको शेयर नदिएपछि अफीस सेटअप गर्दाको लगानी भनेर ६० लाख रुपैया पुन यतै काटिदिएपछि सन्तोष रिसले आगो हुन पुगेका थिए । यही झगडा बिच सीड्नीका निर्देशकहरुको सहमतीमा एबीसी माइग्रेशन एन्ड एजुकेशनले आफ्नो अप्रेशन बन्द गर्दै कम्पनी समेत बन्द गरिसकेका छन । यसै बिच सीड्नीका अन्य दुइ निर्देशकहरुले पनि यो कम्पनी छाडेर अर्कै व्यबशाय प्रारम्भ गरी सकेका छन । तर अहिले आएर थापा बाबु छोरा र काठमाडौका सन्तोष अधिकारीको बिचको यो झगडाले उग्र रुप लिदै अनेकन समाचार बाहिर आइरहेका छन । हुन त थापा बाबुछोरा अस्ट्रेलिया बस्दै आएका छन भने सन्तोष काठमाडौ बस्छन । यस व्यबशायीक झगडा प्रारम्भ हुनुअघि यीनीबिच नङमासुको सम्वन्ध रहेको थियो । तर अहिले यी दुइ पार्टी बिच मारामारी सुरु भएको छ । टपेन्द्र सीड्नीका हुन्डी व्यबशायीका रुपमा परिचित भएपनि पछिल्ला दिनमा भने एजुकेशन एन्ड माइग्रेशनमा लागेका थिए भने सन्तोष नेपालमा बसेर लामो समय यसै व्यबशायमा संल्गन रहेका थिए । हुन्डीका दौरानपनि यीनिहरु बिच आपसी लेनदेनका कयैन पाटाहरु रहेको नजिकवाट नियाल्नेहरु बताउछन । हाल नेपालमा रहेका सन्तोषलाई धम्की र अपहरणका बिषयलाई प्रमुखता बनाइएपनि यीनले पछिल्लो सात आठ बर्षमा कमाएको अकुत सम्पती र यीनको अवैध धन्दाका बारेमा प्रश्न उठन थालेको छ ।
अस्ट्रेलियामा मनी ट्रान्सफर बैद्य धन्दा भएपनि नेपालमा भने यसलाई वर्जित गरिएको छ । यसैको फाइदा उठाएर अस्ट्रेलियामा निर्वाधरुपमा यो व्यबशाय चलेको छ । हुन्डीको लामो कारोबारको दौरान लेनदेनको समेत हजारौ कारोबार भएको हुँंदा यस विषयमा दुइ पक्ष बिचको पैसाको लेनदेननै यस बिवादको मुल बिषय हुनसक्ने जानकार बताउछन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
