काठमाडौं – राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ ।
नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ ।
यस्तै ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३९७ रुपैयाँ कायम भएको छ ।
बोर्डले चिसो प्रसोधन विधिबाट १२ देखि २४ घण्टाभित्र प्रसोधन गर्न नसकिएको ‘बी ग्रेड’ को कफीको मूल्य भने १४८ र ‘बी ग्रेड’ कफीको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकेको छ । ‘ए ग्रेड’ चेरीको मूल्य गत वर्षभन्दा प्रतिकिलो ५ रुपैयाँ र प्रशोधित ‘ए ग्रेड’ को कफीको मूल्य भने गत वर्ष भन्दा प्रतिकिलो २५ रुपैयाँले बढेको बोर्डले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
