Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआइसी एशिया लघुवित्तको संचालकमा विभोर अग्रवाल नियुक्त


  • बुधबार, कार्तिक ५ २०७७

  • एनआइसी एशिया लघुवित्तको संचालकमा विभोर अग्रवाल नियुक्त

    काठमाडौं – एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको संचालक समितिको ८४ औं बैठकबाट विभोर कुमार अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको छ । संचालक अग्रवालले कम्पनीका अध्यक्ष कपिल ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरिसकेका छन् । नयाँ संचालक अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम प्रगति हासिल गर्ने विश्वास साथ संस्थाले अझ बढि प्रगतिको बाटोमा अघि बढ्ने विश्वास रहेको संस्थाले लिएको छ ।
    त्यसैगरी, लक्ष्मण चालिसेलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । चालिसे विगत १६ बर्षदेखि विभिन्न बाणिज्य बैंकहरुको व्यवस्थापकिय पदमा कार्यरत छन् । १६ वर्ष अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिङ्ग क्यारियर शुरु गरेका चालिसे २०६५चैत ३मा एन आई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा कार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य गरी आएका थिए । चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ ।
    नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij