काठमाडौं– देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हु्न् ।
उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।
यस्तै देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
