Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  • सोमबार, असोज २६ २०७७

  • ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    दाङ -दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
    सर्वोच्च अदालतले २०६१ साल चैत २९ गते केसीविरूद्ध कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैदको फैसला सुनाएको थियो।
    फरार केसीलाई खोजी गर्दै जाने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित रोल्पा सिमेन्ट
    उद्योगमा लुकीछिपी काम गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
    पक्राउ परेका प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार कारागार चलान गरिएको दाङ प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij