Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामलिङ्ग पावर कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट


  • सोमबार, असोज १९ २०७७

  • सामलिङ्ग पावर कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

    काठमाडौं – सामलिङ्ग पावर कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य १०० दरकोे १२ लाख ३० हजार कित्ता १२ करोड ३० लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । साथै यस नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई उक्त कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत भएको छ ।

    सामलिङ्ग पावर कम्पनीकोे रजिष्टर्ड कार्यालय सानेपा–२ ललितपुरमा आयोजित एक समारोह बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावरका प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    उक्त सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सामलिङ्ग पावर कम्पनीको कम्पनीे अध्यक्ष विजय बहादुर राजभण्डारी तथा संचालक मोहनदास मानन्धर र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रमुख वित्तीय अधिकृत कृष्ण सिग्देलको उपस्थिती रहेको थियो ।

    उर्जा डेभलपर्सको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij