काठमाडौं– १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका–८ कालाँचामा ३ जना युवाले किशोरीलाई सामूहिक बलात्कार गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका– ८ बाट दुई जनालाई पक्राउ गरेको हो। अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका–१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका– ४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्।
प्रहरीका अनुसार उनीहरूबीच चिनजान नभएको र भेट हुँदा लठ्ठिने औषधी खुवाएर बसमा बलात्कार गरेको किसोरीले प्रहरीलाई बताएकी छिन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
