काठमाडौं– प्रहरीले चेकजाँचको क्रममा लागूऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका– २ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा इप्रका खुङग्रीले चेकजाँचको क्रममा अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो ।
सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कर्पियो गाडी चेकजाँच गर्ने क्रममा ८ किलो ३०० ग्राम अफिमसहित तीन महिला र दुई पुरूष पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुकुम भुमे गा.पा. ४ बस्ने बर्ष ३७ कि ज्योती घर्ती, सोही स्थानका वर्ष ३० की निशा पुन, दाङ हारपुर गा.पा. ६ रवाना बस्ने वर्ष ४५ की दिलप्रभा बुढा, सुर्खेत गुरवाकोट न.पा. ९ चिसापानी बस्ने वर्ष ३३ का मोतीलाल परियार र रोल्पा सुनछहारी गा.पा. १ सेराम घर भएका वर्ष ३५ का याम बहादुर घर्तीमगर (गाडी चालक) छन् ।
गाडीसहित प्रहरीको नियन्त्रमा लिइ आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर खड्काले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
