Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भरतपुर महानगरपालिकाद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान


  • मंगलबार, असोज १३ २०७७

  • भरतपुर महानगरपालिकाद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख प्रदान

    चितवन – भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई ५० लाख रूपयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

    भरतपुर महानगरपालिकाले आन्तरिक श्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले जानकारी दिए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कोरोना कहरका बीचमा पनि तिव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा बिनियोजितमध्येको रकम थप्दै लगिने बताए ।

    महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले सन्तोषजनक ढंगले रंगशाला निर्माणको काम अगाडि बढाइरहेकोमा फाउण्डेसनलाई धन्यवाद दिँदै अन्य रकम पनि आवश्यकता र कार्य प्रगतिका आधारमा निकासा गरिँदै जाने बताइन् । उनले रंगशाला निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गर्दै संघ, प्रदेश र अन्य निकायहरूले गर्ने आर्थिक सहयोगका लागि पनि आफूले आवश्यक समन्वय र सहजीकरण गरिरहेको बताइन् ।

    फाउण्डेसनका अध्यक्ष कट्टेलले ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij