Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सानिमा बैंकको बडादशैंको लागि निःशुल्क क्रेडिट कार्ड


  • सोमबार, असोज १२ २०७७

  • सानिमा बैंकको बडादशैंको लागि निःशुल्क क्रेडिट कार्ड

    काठमाडौं– हिन्दु नेपालीको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । यो योजना सोमबारदेखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएको छ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न समेत सकिने छ ।

    यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा रु. ३,००० बराबरको सामान खरिद गर्दा रु. ५०० को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

    सानिमा बकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij