Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक क्विन्टल गाँजासहित ३ जना पक्राउ


  • मंगलबार, असोज ६ २०७७

  • एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

    काठमाडौं – मकवानपुरको लोथर खोलास्थित ड्याम साइडबाट अवैध लागूऔषध गाँजासहित मंगलबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–४ का २७ वर्षीय मदन कोइराला, सोही गाउँपालिका–९ का २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    अवैध लागूऔषध गाँजा लिएर आउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई मनहरी गाउँपालिका–६ लोथर खोलाको ड्याम साइडबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६ वटा बोरामा करिब एक क्विन्टल गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij