काठमाडौं – धादिङमा एक युवाले वृद्धको हत्या गरी टाउको झोलामा बोकेर प्रहरी समक्ष आत्मसर्मपर्ण गरेका छन । विहिवार राति जिल्लाको निलकण्ठ नगरपालिका वार्ड नं १३ मा राजु परियारले ६४ वर्षिय सोमबहादुर गुरुङको हत्या गरी टाउको झोलामा हालेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमपर्ण गरेका हुन । सामान्य विवाद भएपछि परियारले गुरुङको हत्या गरेको प्रहरीले बताएको छ । घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
