Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथी कुटपिट गर्ने नौ जना पक्राउ


  • बिहिबार, भाद्र १८ २०७७

  • मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथी कुटपिट गर्ने नौ जना पक्राउ

    काठमाडौं – मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरी कमल घिमिरेलाई निर्धात कुटपिट गर्ने ९ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वार्ड नं. १६ का महेश बज्राचार्य, पृथ विन्दु मर्हजन, अशोक मर्हजन, रवि शाक्य, रविन शाक्य, सुविन शाक्य, ध्रुवराज बज्नाचार्य, श्याम श्रेष्ठ र यादवलाल कायस्थ रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ । आज मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले रोकेपछि झडप भएको थियो । सोहि क्रममा केहि युवाले ट्राफिक प्रहरी घिमिरेमायी निर्धात कुटपिट गरेका थिए । उनको उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij