गोरखा – बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडानम्बर-४ का अध्यक्ष ठाकुरकान्त रानाभाट कारागार चलान भएका छन् । बिहीबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासले ४६ वर्षीय रानाभाटलाई थुनामा राख्ने आदेश दिएको हो ।
१५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत साउन १६ गते पक्राउ परेका हुन् । उनीविरुद्ध जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो । ‘अनुसन्धान पश्चात उहाँलाई हामीले सरकारी वकिल कार्यालयमा पठायौ,’ डीएसपी वासुदेव खतिवडाले भने, ‘कार्यालयले अभियोजनका लागि अदालत पेस गर्यो, अदालतले आज पूर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
