विराटनगर – विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेको छ । सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।
यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए । उनले भने, ‘अब पीसीआर रिपोर्ट आउन समय लाग्दैन ।’
महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको छ । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए । उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
