Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त


  • शनिबार, साउन ३१ २०७७

  • ग्लोबल आइएमई बैंकको सिइओमा बज्राचार्य नियुक्त

     

    काठमाडौं – ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रत्नराज बज्राचार्य नियुक्त भएका छन्। बैंकको आज बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई नियुक्त गरेको हो । ग्लोबल आइएमई बैंकमै कम ब्याक गराउन पाउदा आफूलाई खुसी लागेको अध्यक्ष ढकालले बताए । अब बैंक थप मजवुद बन्ने ढकालले विश्वास लिएका छन् ।

    भदौ १ देखि लागू हुनेगरी ४ वर्षे कार्यकालका लागि बज्राचार्यलाई नियुक्त गरिएको उनले जानकारी दिए। बज्राचार्यले यसअघि पनि ग्लोबल आइएमई बैंक, सनराइज बैंक, एनसिसी बैंकको सिइओका रुपमा रही अनुभव संगालेका छन्।

    एक महिनाअघि पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएपछि बैंकको सिइओ पद रिक्त रहँदै आएको थियो।
    बज्राचार्यसँग बैकिङ क्षेत्रको करिब चार दशकको अनुभव छ । २० वर्षभन्दा बढीे राष्ट्र बैंकमा काम गरेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij