Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोंगबु हत्याकाण्डका आरोपी सार्वजनिक


  • मंगलबार, साउन २७ २०७७

  • गोंगबु हत्याकाण्डका आरोपी  सार्वजनिक

    काठमाडौं – काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको रोल्पाका कृष्ण बहादुर बोहराको विभित्स हत्याकाण्डका आरोपी कल्पना मुडभरी पौडेल लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
    हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।
    प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
    प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।

    कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।
    अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कँस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।

    हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन् । हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij