काठमाडौ – दाङका कृष्णबहादुर बोहराको हत्या गरी काठमाडौंको गोङ्गबु मा सुटकेशमा लास फालेको घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता प्राप्त भएको छ । मृतकको पहिचान खुलेपछि प्रहरीको अनुशन्धान नतिजाउत्मुख भएको हो । सोमवार प्रहरीले घटनासँग सम्बन्धीत भएको भन्दै चितवनबाट एक महिलालाई पक्राउ गरी काठमाडौं ल्याएको छ । मृतक वोहरा र उक्त महिला एउटै फल्याटमा वस्दै आएको खुलेको छ ।
आइतवार गोङ्गबुमा सुटकेश भित्र टाउको नभएको अवस्थामा लाश भेटिएको थियो । तालिम प्राप्त कुकुरको सहायताले मृतकको टाउको केहि पर झोलामा भेटिएको थियो । प्रहरी स्रोतका अनुसार घटना कसरी भयो भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छ । आज साढे दश बजे महानगरिय प्रहरी परिसर र अपराध महाशाखाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्दै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
