Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१ किलो चरेशसहित एक जना पक्राउ


  • आइतबार, साउन २५ २०७७

  • १ किलो चरेशसहित एक जना पक्राउ

    काठमाडौं – चन्द्रागिरी नगरपालिका–५ दाउराडिपोबाट प्रहरीले मकवानपुर घर भएका देवेन्द्र थापा मगरलाई पक्रेको छ । दाउराडिपोमा ४२ वर्षीय देवेन्द्रको कोठा खानतलासी गर्दा १ किलो १६० ग्राम चरेश फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

    मकवानपुको थाहा नगरपालिका–७ घर भएका उनले धादिङबाट चरेश ल्याएर स–साना पाकेट बनाएर काठमाडौंमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनको कोठामा चरेश प्याकिङ गर्ने कागज र तराजु पनि फेला परेको छ । शनिवार पक्रेर प्रहरीले देवेन्द्रलाई लागु औषध (नियन्त्रण) ऐन–०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij