Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पर्सामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


  • बुधबार, साउन २१ २०७७

  • पर्सामा कोरोना संक्रमणबाट  दुई जनाको मृत्यु

    वीरगञ्ज – पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो ।
    योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्जमै उपचारका क्रममा मृत्यु भएको छ ।
    ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए ।
    यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।
    उनलाई वान्ता आउनुका साथै झडापखाला लागेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij