Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उपत्यकाका १४ अस्पतालले स्वाब संकलन गर्ने


  • मंगलबार, साउन २० २०७७

  • उपत्यकाका १४ अस्पतालले स्वाब संकलन गर्ने

    काठमडौं– सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १४ अस्पताल तोकेको छ ।
    काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।
    शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
    यीबाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij