Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थपिए १ सय ३० कोरोनाका संक्रमित


  • आइतबार, साउन ११ २०७७

  • थपिए  १ सय ३०  कोरोनाका संक्रमित

    काठमाडौँ – आइतबार कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

    त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा निको हुनेको दर ७०. ५ प्रतिशत रहेको गौतमले बताए।

    हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ। अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४५ जनामा कोरोनाभाइरस देखिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij