Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दैलेखको ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी


  • बिहिबार, साउन ८ २०७७

  • दैलेखको ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

    सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । बुधार आएको रिपोर्टमा उनीहरु मध्ये १६ मा संक्रमण पुष्टि भएको छ ।

    बिहीबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै  टेस्टिङ गाइडलाइनमै नपरेका स्थानीयमा समेत कोरोना पुष्टि भएपछि समुदायमा फैलिन सक्ने जोखिमलाई कम गर्न निषेधाज्ञा जारी गरेको जनाएको छ ।

    निषेधाज्ञा बिहीबारदेखि नै लागु हुनेछ । प्रशासनले जारी गरेको सूचना अनुसार गाउँपालिका प्रवेश गर्ने सब नाका बन्द गरिएको छ भने भेटघाट, जमघट र आवतजावत् पूर्णरुपमा निषेध गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij