काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।
यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
