काठमाडौ – केहि दिन देखि सर्दै आएको नेकपा स्थायी समिति बैठक ७ दिनका लागी सरेको छ । पार्टी विवाद उत्कर्षमा पुगे पछि बैठक रोकेर समाधानको प्रयास थालिए पनि निकाश निस्कन सकेको छैन ।
प्रवक्ता नारायण काजी श्रेष्ठले उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’
वाढी पहिरोको कारण देखाइए पनि सहमति जुटन नसकेकाले वैठक स्थगित गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
