Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागढुंगामा प्रहरीको चरम लापरबाही, उपत्यकामा संक्रमणको जोखिम


  • बिहिबार, असार २५ २०७७

  • नागढुंगामा प्रहरीको चरम लापरबाही, उपत्यकामा संक्रमणको जोखिम

    काठमाडौं– काठमाडौं उपत्यकामा कोभिड – १९ बाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । करिब ५० लाख मानिसको बसोबास रहेको उपत्यकामा संक्रमण फैलिएमा अकल्पनिए क्षति ब्याहोर्नु पर्ने चेतावनी बिज्ञहरुले दिँदै आएका छन् । उपत्यकामा संक्रमण बढ्नु कारण जिल्लाहरुबाट अनियन्त्रीत रुपमा मानिसहरु भित्रिनु मुख्य मानिन्छ । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट अहिले पनि दैनिक हजारौं मानिस काठमाडौं भित्रिरहेका छन् । स्थलगत रुपमा हेर्दा काठमाडौं भित्रिने र बाहिरीनेको तथ्यांक समेत राख्न प्रहरीले छोडेको छ । अनियन्त्रित भिडभाड र अस्थवस्थ व्यवस्थापनको विच मानिसहरु काठमाडौं भित्रिरहेका छन् । जसले गर्दा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको छ ।

    अझ साँझ र रातीको समयमा रेकर्ड विनै निर्वाहत रुपमा मानिसहरु छिरिरहेका छन् । प्रहरीका अधिकृतस्तरका व्यक्ति फिल्डमै खटिदा पनि अस्तव्यस्तता कायम छ । नागढुंगा भन्दा दुई किलोमिटर पर सयौं मानिसहरु काठमाडौं भित्रने बैकल्पिक बाटोहरु खोजिरहेका भेटिन्छन् । आठ बजेपछि उपत्यका भित्रने सयौं टिपरका तातीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त मात्र पारेका छैनन्, मानिसहरु काठमाडौं भित्राउने काम पनि गरिरहेका छन् ।
    प्रहरीहरु आफ्नो कमजोरी ढाक्न कसैले फोटो खिच्न लागेमा हुलै गएर झम्टिहाल्छान् । संक्रमणको महामारीमा पनि नागढुंगामा प्रहरीले गरेको फितलो व्यवस्थापन र गैरजिम्मेवारीले सिंगो उपत्यकालाई संक्रमणको चपेटामा नपार्ला भन्न सकिदैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij