काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद चर्किए पछि पार्टी विभाजनको चर्चा चुलिएको छ । यहि चर्चाका विच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग छलफल गरेका छन । ओली र देउवा भेटपछि आइतवार नेकपा संसदिय दल का उपनेता सुवास नेम्वाङले देउवा संग छलफल गरेका छन् । नेम्वाङले देउवालाई गृह र अर्थ मन्त्रालय कांग्रेसलाई दिने प्रस्ताव गरेका थिए ।
आहतवार नै कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले नेम्वाङले सत्ता साझेदारीको प्रस्ताव ल्याएको बताए । नेम्वाङ संग ठट्टा गर्दै ज्योतिषीले ७ पटक प्रधानममन्त्री बन्नुहुन्छ भनेको थियो तपाई यस्तो प्रस्ताव ल्याउनु हुन्छ भनेको बताए । तर आफुले कुनै वचन नदिएको देउवाले बैठकलाई जानकारी गराए । यस विषयमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले समन्वय गरेकाले उनैलाई धेरै कुरा थाहा भएको देउवाले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
