काठमाडौ – नेपालको संसदले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नयाँ सर्वसम्मतिले पारित गरेपछि भारतले कडा प्रतिक्रिया व्यक्त गरेको छ । आफ्नो क्षेत्र समेटेर नक्सा जारी गरेको दावी गरेको भन्दै अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् । भारतले वार्ताबाट समाधान गर्ने समझदारीको विपरित भएको भारतको भनाई छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
