Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देशको अवस्था रोममा आगो लागिरहेको वेला निरोले बाँसुरी बजाए जस्तै : वरिष्ठ पत्रकार विरही


  • शुक्रबार, जेष्ठ २३ २०७७

  • देशको अवस्था रोममा आगो लागिरहेको वेला निरोले बाँसुरी बजाए जस्तै : वरिष्ठ पत्रकार विरही

    काठमाडौं – वरिष्ठ पत्रकार हरिहर विरहीले सरकारले संचार क्षेत्र, वैद्धिक जगत र नागरिक समाज माथी निशाना साँधेरे मुलकमा साँच्चै लोकतन्त्र छ त ? भन्ने प्रश्न सृजना भएको बताएका छन । नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको जुम अन्तरक्रियामा महासंघका पूर्वसभापति समेत रहेका विरहीले सरकार पञ्चायतकालिन मानसिकतावाट अघि वढेको बताए ।

    कोभिड – १९ को महामारीमा सरकारले प्रेस र प्राज्ञिक क्षेत्रलाई वेवास्ता गरेको उनको आरोप छ । प्रेस र अधिकारकर्मीलाई कमजोर बनाउँदा राष्ट्र कमजोर हुने र विदेशी मिडियाको हस्तक्षेप बढ्ने उनले बताए ।

    विरहीले सरकारलाई सत्यसंग कुनै सरोकार नभएको र महामारीको संकटमा संचारक्षेत्र धराशायी बनोस भन्ने चाहना राखेको बताए । आज देशको स्थीति रोममा आगो लागिरहेको बेला निरोले वासुरी वजाइरहेको जस्तो भएको विरहीको भनाइ छ ।

    महासंघका अर्का पूर्वसभापति एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले कोभिड -१९ को महामारीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कमजोर बनेको बताए । दाहालले कोलिड – १९ को महामारीको असरले थला परेको संचार क्षेत्रलाई सरकारले वेवास्ता गरेको बताए । संचारकर्मीहरुले अभाव र जोखिमका विच आफ्नो कर्तव्य पालना गरिरहेको दाहालले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij