Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पश्चिम रुकुम घटना : अर्का युवाको पनि शव भेटियो


  • बुधबार, जेष्ठ १४ २०७७

  • पश्चिम रुकुम घटना : अर्का युवाको पनि शव भेटियो

    काठमाडौ । रुकुम पश्चिमको घटनामा भेरी नदिमा हराइरहेका अर्का युवाको शव भेटिएको छ । हराइरहेका लोकेन्द्र सुनारको शव फेला परेको हो । गोताखोर को सहायताले हराइरहेकाहरुको खोजि जारी छ ।पश्चिम रुकुम चौरजहारी ८ सोती गाउँकी किशोरीसँग अन्तरजातीय विवाद गर्न खोज्दा भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

    शनिबार किशोरीलाई भगाउन भेरी नगरपालिका ४ रानागाउँ र आसपासबाट १९ युवा चौरजहारी पुगेका थिए । घटनामा संलग्नहरुको किटानि जाहेरी परेको छ । घटनाको छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । घटनाको सर्वत्र विरोध भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij