Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाबाट बच्न र लकडाउन फलदायी बनाउन प्रधानमन्त्रीको पाँच टिप्स


  • सोमबार, जेष्ठ १२ २०७७

  • कोरोनाबाट बच्न र लकडाउन फलदायी बनाउन प्रधानमन्त्रीको पाँच टिप्स

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन । आफ्नो सम्बोधनमा प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा सरकारले गरेको प्रयासबारे आश्वस्त पार्ने प्रयास गरेका छन । भारतबाट आउने नेपालीहरुको सहि व्वस्थापन गर्न नसक्दा संक्रमण बढेको स्वीकार गरेका छन । उनले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने प्रबन्ध मिलाइने बताएका छन । प्रधानमन्त्रीले अशक्तलाई राहत र अन्यलाई काम दिने उल्लेख गरे । प्रधानमन्त्रीले कोरोना वाट सुरक्षित रहन र लकडाउनलाई उपयोगी बनाउन पाँच टिप्स समेत दिएका छन –

    पहिलो –  यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
    दोस्रो – लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऔं ।
    तेस्रो – भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऔं ।
    चौथो- स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऔं ।
    पाँचौं- उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोगव्याधीविरुद्धको लडाइँमा कमजोर तुल्याउँछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij