काठमाडौ – कोरोना भाइरसको संक्रमण देखिएकी एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी शुक्रबार धुलिखेल अस्पताल आएकी थिइन्।
आरडिटी र पिसिआर परीक्षण गर्दा उनको स्वाब परीक्षणको नजिता पोजेटिभ आएको थियो । मृत्यु पछि स्वाबको पुनः जाँचका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो र त्यहाँ पनि पोजेटिभ नजिता देखियो । एक साता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएको थिइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
