Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संक्रमितको संख्या बढेपछि लकडाउनमा थप कडाई


  • बुधबार, बैशाख ३१ २०७७

  • संक्रमितको संख्या बढेपछि लकडाउनमा थप कडाई

    काठमाडौ – सरकारले आजवाट लकडाउनलाई थप कडा पार्ने भएको छ । काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाँउमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि लकडाउन कडा पार्न लागिएको हो ।

    क्रमशः लकडाउन खुकुलो पार्न योजनामा रहेको सरकार पछि हटदै लडाउन कडा पार्ने निर्णयमा पुगेको छ भने कतिपय जिल्लामा कर्फ्यू लगाइने भएको छ । भारत संगको सिमा अनिश्चितकाल सम्मलाई सिल गरिएको छ ।

    यस अघि जारी सबै सवारी पास रद्ध गरिएको छ । मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो भएको भन्दै असन्तुष्टी जनाएका थिए । पछिल्लो पटक कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij