Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिमा विवादले नेपाल – भारत सम्बन्धमा चिसोपना


  • शनिबार, बैशाख २७ २०७७

  • सिमा विवादले नेपाल – भारत सम्बन्धमा चिसोपना

    काठमाडौ – भारतले सिमा विवाद रहेको लिपुलेक हुदै मानसरोवर जाने वाटो बनाए पछि फेरि एक पटक नेपाल र भारतको सम्बन्धमा चिसोपन आउने देखिएको छ । सिमा विवाद भन्ने विषय दुई देश विच स्थापित भइसके पछि भारतले वाटो बनाएको खवर वाहिरिए पछि नेपालले औपचारिक रुप आपत्ति प्रकट गरेको छ ।

    परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ ।

    पछिल्लो घटनाले आफुहरुलाई दुःखी बनाएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । सिङ्गो संसार कोरोना संक्रमणका कारण लकडाउनमा रहेका वेला नेपाल र भारत विच सिमा विवाद वल्झीएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij