काठमाडौ – नेपाली कांग्रेसले वेब एपबाट घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण कोरोना भाइरसको प्रारम्भीक स्वपरिक्षण गर्ने एप सार्वजनिक गरेको छ । व्यक्ति, समुदाय र सरकारलाई सघाउने उदेश्यले एप निर्माण गरिएको कांग्रेसले जनाएको छ । एपवारे विस्तृत विवरण यस प्रकार छ –
विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी https://www.nepalicongress.org/covid19/
पार्टीको वेबसाईट मार्फत जारी वेब एपका विशेषता, उद्देश्य, चिकित्सकीय परामर्श एवं निर्माण टिम बारे जानकारी दिन यो प्रेस नोट प्रकाशित गरिएको छ ।
वेब एपका दुई विशेषता
(१) घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण जो कसैले गर्न सक्ने ।
(२) कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने । नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने ।
तीन उद्देश्य
(१) नागरिक पंक्तिमा कोरोना जोखिम बारेको सचेतना थप अभिवृद्धि गराउने ।
(२) भौतिक रुपले परिक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोबैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने ।
(३) संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पु¥याउंदै ब्यक्ति, समुदाय र सरकारलाई सघाउने ।
चिकित्सकीय परामर्श
(१) डा. अञ्जनी झा, पूर्व अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन
(२) डा. बासुदेव पाण्डे, सरुवा रोग विशेषज्ञ
(३) डा. अनिलविक्रम कार्की, उपाध्यक्ष, नेपाल मेडिकल एसोसिएसन
(४) डा अशेष ढुंगाना, फोक्सो रोग विशेषज्ञ
निर्माण टिम
(१) ई. शशांकश्री न्यौपाने, पूर्व केन्द्रीय सदस्य, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल
(सीडेन )
(२) ई. दिपेश बिष्ट, पूर्व महासचिव, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडेन)
ड्ड थप सुझावहरु ग्रहण गर्दै वेब एपको परिमार्जित भर्सन क्रमशः ल्याइने छ ।
(आजको संकट हामी सबै माथिको साझा संकट हो ।
आउनोस् सबै मिलेर संयम पूर्वक सामना गरौं ।)
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
