काठमाडौँ – पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेट्टी, अमृत कुमाल क्षत्री र कालिकोटका टेक लोहार (भीषेक गिरी) रहेका छन् ।
राजधानीको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका कुमाल विप्लव समूहका मध्य कमाण्ड ब्यूरो सदस्य हुन् । सेट्टी र विक विप्लवको साधारण कार्यकर्ता मात्र रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो । सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
