Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाल्पामा ५ जना जुवाडे पक्राउ


  • बुधबार, चैत्र ५ २०७६

  • पाल्पामा ५ जना जुवाडे पक्राउ

    बुटवल – प्रहरीले पाल्पामा जुवाकै खालबाट ५ जना जुवाडेहरुलाई नगदसहित पक्राउ गरेको छ । जिल्लाको रामपुर नगरपालिका–७, डुम्रीगाउँस्थित यमबहादुर सारुको घरमा जुवा–तास खेलिरहेको सूचना प्राप्त गर्नासाथ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक श्रवणकुमार थापाको कमाण्डमा पुगेको टोलीले ४१ हजार ४ सय २२ रुपैयाँ नगद, ३ गड्डी ताससहित पाँच जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा घरधनी यमबहादुर सारु, सोही स्थानका रामबहादुर श्रेष्ठ, ओमबहादु मश्राङ्गी, झबिलाल विक, चेतबहादुर मल्ल छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij