Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कटुवा पेस्तोलसहित झापाका मेघराज गौतम पक्राउ


  • मंगलबार, फाल्गुन २७ २०७६

  • कटुवा पेस्तोलसहित  झापाका मेघराज गौतम पक्राउ

    झापा – प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतम कटुवा रहेका छन् ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएका प्रहरी टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।
    प्रहरीका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली र दुई वटा खोका बरामद भएको छ । गौतमलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, दमकमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij